सिचुवानको टोली बन्यो ड्रागन बोट रेस च्याम्पियन

नेपालको नारा टिम दुबै विधामा उपविजेता

जनसम्मत
असार ९, २०८०, शनिबार

नेपाल चाइना फ्रेण्डसीप ड्रागन बोट रेस प्रतियोगितामा चिनको सिचुवान ड्रागन बोट टोली च्याम्पियन बनेको छ।

पोखराको फेवतालामा शुक्रबार र शनिबार भएको खेलमा सिचुवानको युवाहरु संलग्न टिमले अन्य ७ टोलीलाई पछि पार्दै च्याम्पियन बनेको हो।

२ सय मिटर र ५ सय मिटरको रेसमा प्रथम हुँदै सिचुवानले दोहोरो उपाधि जितेको हो।

त्यसैगरी, सिचुवानसँग केही सेकेण्डले पछि परेको नेपालको नेपाल एशोसिएसन अफ राष्ट्रिय एजेन्सिज (नारा) को टिम दुबै विधामा उपविजेता हुन सफल भएको छ।

शनिबार भएको अन्तिम फाइनल चरणको प्रतिस्पर्धामा सिचुवानले ५ सय मिटरको दूरी २ मिनेट २०:९० सेकेण्डमा पार ग
र्‍यो भने २ सय मिटरको दूरी ५३:८१ सेकेण्डमा पार गर्दै दोहोरो उपाधिमाथि कब्जा जमायो।

नेपाली टिम (नाराल) ले भने ५ सय मिटरको दूरी २ मिनेट २३:८३ सेकेण्डमा पार गर्‍यो भने २ सय मिटरको दूरी ५६:४३ सेकेण्डमा पार गर्दै उपविजेता बन्यो।

सिचुवानको उक्त टोली उत्कृष्ट टोली हो भने नेपालको करिब ५ दिनको तयारीमा उक्त ड्रागन बोट रेसमा सहभागी भएको हो।

दोहोरो उपाधि जितेको सिचुवानले सहभागी टोलीको समेत १ लाखसहित १२ लाख नगद पुरस्कारसमेत जित्न सफल भएको छ। त्यसैगरी, नेपालमा पहिलो पटक भएको उक्त प्रतियोगितामा दोहोरो विधामा दोश्रो भएको (नारा)ले भने सहभागिताको सहित गरी ८ लाख पुरस्कार हात पारेको छ।

सिंगापुरको १, चिनको ३ र नेपालका ४ गरी ८ टिमबीच भएको प्रतिस्प्रर्धामा चिनको युनान प्रान्तको युनान ड्रागन बोट रेसको टिम दुबै विधामा तेश्रो बनेको छ।

त्यस्तै, नेपालको नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ एशोसिएसन (एनआरसीए) चौथो भएको छ।

प्रतियोगितामा सहभागी सबै टोलीले समान १/१ लाख प्रोत्साहन पुरस्कार हात पारेको छ।

प्रतियोगिताको विजेताले ५ लाख ५० हजार, उपविजेताले ३ लाख ५० हजार र तेश्रो हुनेले २ लाखको साथमा ट्रफी मेडल वितरण पुरस्कार हात पारेको छ।

विजेता खेलाडीहरुलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पर्यटन राज्यमन्त्री शुशिला सिर्पाली, नेपालस्थित चाइनिज राजदूत छोङ सोङ, पोखराका मेयर धनराज आचार्य, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पुस्स्कार वितरण गरे।

शनिबार विहानैदेखि पानी परेकोले केही समय खेल स्थगित भएपनि पछि खेल संचालन भएसंगै दर्शकहरुको समेत उल्लेखनिय सहभागिता थियो।
शुक्रबार २ सय र ५ सय मिटरको २/२ चरणको प्रतिस्प्रर्धा भएपछि दुबैतर्फको विधामा ४ टोली छनौट चरणबाट बाहिरिएको थियो।

चाइना नेपाल फ्रेण्डसीप, पोखरा महानगरपालिका, सिंगापुरको जिएस ड्रागन समुह र फेवा डुंगा व्यवसायी संगठनको टिम पहिलो दिनको प्रतिस्प्रर्धाबाट बाहिरिएका थिए।

प्रतियोगिताअन्तर्गत पुरस्कारको लागि मात्र ३० लाख खर्च भएको छ।

उक्त प्रतियोगितासहित फेष्टिभल सम्पन्न गर्न करोड बढी खर्च भएको पोखरा महानगरका पर्यटन बिकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले बताएका छन्।

दक्षिण एसियामै पहिलो पटक पोखरामा आयोजना भएकोे उक्त बोट रेस प्रतियोगितामा सहभागी प्रत्येक टिमहरुमा १२ जना खेलाडीहरु संलग्न थिए भने ३ जना अतिरिक्त खेलाडी हुन्छन्।

एक जनाले चाइनिज ड्रम बजाउँदै त्यसको तालमा अन्य खेलाडीहरुले डुंगा खियाउँदै आफ्नो निर्धारित दूरी पार गर्न प्रतिस्प्रर्धा हुने गर्दछ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनीयाँ दूतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद र चाइना ओभरसिज एशोसिएसनको सह–आयोजना एवं होटल एशोसिएशन नेपाल (हान), नारा, नेपाल राष्ट्रिय एण्ड क्यानोईङ एशोसिएशन तथा अन्य संघसंस्थाहरुसँगको सहकार्यमा उक्त वोट रेस सहितको फेष्टिभवल भएको हो।

सिचुवान टिममा सहभागी खेलाडीहरु

विजेता सिचुवान टिममा सहभागी खेलाडीहरुमा लि हाओ, छियोङ माओलिन, हाङ यिफान, लि हिपेङ, हुआङ जुनताओ, हुआङ डोङबो, लि क्यु, चेन युवानछिङ, चेङ पेङ, ल्यु रुई, जिङ केजी, मा ताङहावो र लि जेहाङ छन्। त्यसैगरी, सब्टिच्युट खेलाडीमा जाह्वो चावो र माओ सुकाई छन्।

नाराको नेपाली टिममा सहभागी खेलाडीहरु

उपविजेता नाराको नेपालको टिममा कप्तान शम्शेर गुरुङ, प्रसान्त राई, रमेश ताकामु, राम गुरुङ, मिनबहादुर गुरुङ ‘ए’, मिनबहादुर गुरुङ ’बी’, आशिष मगर, जीवन मगर, डम्बरबहादुर पुर्वाछाने, किरण श्रेष्ठ, सुरेन्द्र चेपाङ, विष्णु गुरुङ र याम गुरुङ छन्। यस्तै, सब्टिच्युट खेलाडीमा सुदिप चेपाङ र शौरभ राई छन्।