श्रमिक बालबालिकालाई शैक्षिक सामग्री पोशाक वितरण

जनसम्मत
असार ९, २०८०, शनिबार

पोखरा उद्योग वाणिज्य संघअन्तर्गत संचालित बालश्रम न्यूनीकरण कार्यक्रमले पोखरा नगरभित्रका न्युन आय भएका १०६ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरेको छ।

आर्थिक दुरावस्थाकै कारण विद्यालय छाडेका, छाड्ने जोखिम भएका, विद्यालय नियमित नभएका तथा श्रममा रहेका तथा यसै शैक्षिक सत्रमा विद्यालय भर्ना भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको बालश्रम न्यूनिकरण कार्यक्रमका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनले जानकारी दिए।

पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विन्दुकुमार थापासहितका अतिथिहरुले शनिबार विद्यार्थीरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्।

सो अवसरमा बोल्दै प्रमु्ख अतिथि थापाले विद्यार्थीहरुलाई विद्यालय नछाड्न आग्रह मात्रै गरेनन्, आवश्यक परे उनीहरुलाई सघाउने वचनसमेत दिए।

पोखरा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्य तथा महासचिव बलराम आचार्यले घरेलु कामदारको रुपमा रहेका श्रमिक बालबालिकाको पढ्ने अधिकार सुनिश्चित गराउने अभियानमा समाजले नै सघाउनुपर्ने धारणा राखे।