गोरखाका नवराज मोर्डन पेन्टाथलन च्याम्पियन

जनसम्मत
असार १७, २०८०, आइतबार

गोरखाका नवराज गुरुङले कोशी प्रदेशमा भएको एक खेलमा च्याम्पियन बनेका छन्।

इटहरिमा भएको मोर्डन पेन्टाथलन प्रतियोगितामा गुरुङ च्याम्पियन बनेका हुन्।

मोर्डन पेन्टाथलोन फेडेरेसन कोशी प्रदेशले भर्खर मात्र सञ्चालन गरेको प्रतियोगितामा उनले स्वर्ण पदक जितेका हुन्। उनले खुल्ला इभेन्टमा स्वर्ण जितेका हुन्।

प्रतियोगिताअन्तर्गत लेजर रनमा ११ स्वर्ण पदक जित्दै कोशी प्रदेश पहिलो बन्यो।

कूल २७ पदकका लागि भएको प्रतिस्पर्धामा लेजर रनतर्फ ११ स्वर्ण, १० रजत तथा ८ कास्य पदकसहित कोशी प्रदेश प्रथम बन्यो।

त्यस्तै, ५ स्वर्ण, ५ रजत र ८ कास्य पदकसहित बागमती प्रदेश दोस्रो र १ स्वर्णसहित गण्डकी प्रदेश तेस्रो बन्यो।