गोरखामा ८० वर्ष उमेर पूरा भएका ८ जना निवृत्त शिक्षकलाई सम्मान

जनसम्मत
असार १८, २०८०, सोमबार

गोरखामा ८० वर्ष उमेर पूरा भएका ८ जना निवृत्त शिक्षकलाई सम्मानीत भएका छन्।

नेपाल निवृक्त शिक्षक समाजले गुरु पुर्णिमाको अवसरमा आज(सोमबार) ८० वर्ष उमेर पूरा भएका ८ जना निवृत्त शिक्षकलाई सम्मान गरेको हो।

गण्डकी गाँउपालिका–७ का लालवहादुर गुरुङ, भिमसेन थापा गाँउपालिका–३ का दुर्गाभक्त दाहाल, शहिद लखन गाँउपालिका–७ का टेकबहादुर थापा, पालुङटारनगरपालिका–४ का सूर्यबहादुर भण्डारी, भिमसेन थापा गाँउपालिका–३ का पुण्यप्रसाद खनाल, सिरानचोक गाँउपालिका–३ का काशीनाथ घिमिरे, गोरखा नगरपालिका–८ का कृष्णप्रसाद लामिछाने, भिमसेन थापा गाँउपालिका–४ का रघुनाथ लामिछानेलाई दोसल्ला र सम्मानपत्रसहित समाजले सम्मान गरेको हो।

त्यस्तै, नेपाल निवृत्त शिक्षक समाज, गोरखा नगरपालिकाको अध्यक्षमा शिवबहादुर अर्याल निर्वाचित भएका छन्।

समितको उपाध्यक्षमा मञ्जु अर्याल, सचिवमा दिपकबाबु विश्वकर्मा, कोषाध्यक्षमा कल्पना बानिया, सदस्यहरुमा बलबहादुर कुमाल, शुरेसबाबु थापा, बासुदेव श्रेष्ठ, चन्द्रकान्त पोखरेल र माधवबाबु थापा चयन भएका छन्।