तनहुँमा भानुुभक्तीय रामायण वाचन प्रतियोगिता

जनसम्मत
असार ३०, २०८०, शनिबार

२१० औं भानुु जयन्तीका अवसरमा आदिकवि भानुुभक्त क्याम्पस, व्यास–१ तनहुुँको आयोजनामा भानुुभक्तीय रामायण वाचन प्रतियोगिता भएको छ।

प्रतियोगिताका लागि कास्की र तनहुँबाट विभिन्न विद्यालयका २९ जना विद्यार्थीहरू सहभागी थिए।

प्रतियोगितामा आदिकवि भानुुभक्त माध्यमिक विद्यालय, तनहुँका छात्रा नमुुना पन्थी प्रथम, बालमन्दिर माध्यमिक विद्यालय, तनहुुँका छात्राहरु रोशा रसाइली र अनिषा घर्ती दोस्रो र गोगन माध्यमिक विद्यालय कास्कीकी छात्रा सुजाता पौडेल तेस्रो बनिन्।

प्रतियोगितामा महर्षि बेदब्यास मावि तनहुँका श्रेयन आचार्य र शिव मावि तनहुँकी सुनयना पौडेलले सान्त्वना स्थान प्राप्त गरे। प्रतियोगितामा प्रोत्साहन पुरस्कार स्वाधीनता पौडेलले हात पारिन्।

प्रतियोगिताका विजयी विद्यार्थीलाई आदिकवि भानुुभक्त क्याम्पसका संचालक समितिका अध्यक्ष बुुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, नेपाली विभागका प्रमुख विजयराज खनालले संयुक्त रुपमा पुुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।