फिफा वरीयतामा नेपाल १७५ औं स्थानमै यथावत

जनसम्मत
श्रावण ४, २०८०, बिहीवार

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको वरीयतामा नेपाल यथावत रहेको छ।

नयाँ वरीयतामा नेपाल १ सय ७५ औं स्थानमा छ।

वरीयता अनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ। नेपालभन्दा अघि भारतले भने १ स्थान सुधार गर्दै ९९ औं स्थानमा आएको छ।

यस्तै, माल्दिभ्स १ सय ५५औं स्थानमा छ। नेपालपछि भुटान १ सय ८५औं, बंगलादेश १ सय ८९औं, पाकिस्तान २ सय १ औं र श्रीलंका २ सय ४ औं स्थानमा छ।

विश्व वरीयताको शीर्ष स्थानमा अर्जेन्टिना छ भने दोस्रो स्थानमा फ्रान्स छ। यसैगरी, ब्राजिल तेस्रो स्थानमा रहँदा इंग्ल्यान्ड चौँथो तथा बेल्जियम पाँचौं स्थानमा छन्।