महिला विश्वकप: दुबै आयोजक राष्ट्र न्युजिल्यान्ड र अस्ट्रेलियाको विजयी सुरुवात

जनसम्मत
श्रावण ४, २०८०, बिहीवार

फिफा महिला विश्वकप फुटवलमा दुवै आयोजक राष्ट्र न्युजिल्यान्ड र अस्ट्रेलियाले विजयी सुरुवात गरेका छन्।

घरेलु मैदानमा भएको खेलमा अस्ट्रेलियाले आयरल्यान्डलाई १–० गोल अन्तरले हराउँदै विजयी सुरुवात गर्‍यो।

अष्ट्रेलियाको जितमा स्टेफ क्याट्ले ले ५२ औ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल निर्णायक बन्यो।

हेली रासोलाई आयरल्यान्डकी मारिसा सेभाले पेनाल्टी बक्समा फाउल गरेपछि अष्ट्रेलियाले पेनाल्टी पाएको हो। जितसँगै समुह ‘बी’ मा रहेको अस्ट्रेलियाले ३ अंक जोडेको छ।

यसअघि, आजै भएको उद्घाटन खेलमा न्युजिल्याण्डले नर्वेलाई १–० गोल अन्तरले पराजित गर्‍यो। न्युजिल्यान्डको जितमा हन्ना विल्किन्सनले खेलको ४८ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।

जितसँगै समुह ‘ए’ मा रहेको न्युजिल्यान्डले ३ अंक जोडेको छ। महिला विश्वकपअन्तर्गत भोली क्यानडा र नाइजेरिया, फिलिपिन्स र स्विट्जरल्यान्ड तथा स्पेन र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ।