महिला विश्वकप: जाम्बियाविरुद्ध जापानको गोल वर्षा

जनसम्मत
श्रावण ६, २०८०, शनिबार

न्युजिल्याण्डमा जारी महिला विश्वकपमा जापानले उत्कृष्ट सुरुवात गरेको छ।

यस प्रतियोगितामा डेब्यू गरिरहेको जाम्बियालाई जापानले ५–० गोलले हराएको हो।

जापानको जीतमा हिनाता मियाजावाले २ गोल गरिन् भने मिना टानाकाले १/१ गोल गरिन्।

खेलको अन्त्यतिर जाम्बियाकी गोलकीपर क्याथरिन मोसुन्डाले रातो कार्ड पाइन्। त्यसमा जापानले पाएको पेनाल्टीमा रिको उइकीले गोल गरिन्।

जितसँगै जापान समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ।

स्पेनसँग अंक बराबर भएपनि जापानको गोलअन्तर बढी छ।

यसअघि, स्पेनले कोस्टारिकालाई हराएको थियो।