फिफा महिला विश्वकप : स्विडेन र नेदरल्यान्ड्सको सुखद सुरुआत

जनसम्मत
श्रावण ७, २०८०, आइतबार

दक्षिण अफ्रिकाविरुद्ध पुनरागमन जित निकाल्दै फिफा महिला विश्वकपमा स्विडेनले सुखद सुरुआत गरेको छ।

आइतबार अस्ट्रेलियाको वेलिङ्टन क्षेत्रीय रंगशालामा सम्पन्न खेलमा १-० ले पछि परेको अवस्था उल्टाउँदै स्वीडेनले जित निकालेको हो।

खेलको ४८ औँ मिनेटमा हिलदाह मागाइयाले गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रतामा राखिन्।

तर, ६५ औँ मिनेटमा फ्रिडोलिना रोल्फाले गोल गर्दै स्विडेनलाई खेलमा फर्काइन्। यस्तै, निर्धारित समयको अन्तिम मिनेटमा आन्डा इलेस्टेटले निणर्ायक गोल गरेपछि स्विडेनले महत्वपूणर् ३ अंक बटुल्यो।

जितसँगै ३ अंक जोडेको स्विडेन समूह ‘जी’को शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमै हार बेहोरेको दक्षिण अफ्रिका तालिकाको पुछारमा छ।

आइतबार नै भएको समूह ‘ई’ को खेलमा नेदरल्यान्ड्सले पोर्चुगलविरुद्ध १-० को साँघुरो जित निकालेको छ। नेदरल्यान्ड्सको जितमा १३ औँ मिनेटमा स्टेफानी भान डेर ग्राटले गरेको गोल निणर्ायक बन्यो ।

जितसँगै ३ अंक जोडेको नेदरल्यान्ड्स समूहको दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भए पनि अमेरिका तालिकको शीर्ष स्थानमा छ। पहिलो खेलमै हार बेहोरेको पोर्चुगल तालिकाको तेस्रो स्थानमा छ।

यस्तै, समूह ‘एफ’को खेलमा फ्रान्स र जमैकाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।