अन्नपूर्ण सेञ्चुरी महोत्सव अन्तरगत घान्द्रुकमा भलिबल र बास्केटबल सम्पन्न

म्याराथनका लागि एबीसी प्रस्थान गरेका धावकहरु देउराली पुगेका छन्

जनसम्मत
जेठ १८, २०७६, शनिबार

अन्नपूर्ण\देउराली । अन्नपूर्ण सेञ्चुरी महोत्सव अन्तरगत घान्द्रुकमा भलिबल र बास्केटबल सम्पन्न भएका छन् ।

चारदिनसम्म चल्ने महोत्सवमा भलिबल र बास्केटबलका प्रारम्भिक चरणका खेलहरु सम्पन्न भएका हुन्् । प्रमुख अतिथि विजयकुमार गच्छदारले खेलका मुख्य रेफ्रीलाई बल हस्तान्तरण गरि महोत्सवको उद्घाटन गरेका हुन् ।

दोस्रो अन्नपूर्ण म्याराथनका लागि एबीसी प्रस्थान गरेका धावकहरु देउराली पुगेका छन् । म्याराथन प्राविधिक निर्देशक खड्बहादुर रानाभाटको नेतृत्वमा गएको धावक टोली शुक्रबार देउराली पुगेको हो । जेठको २० गते बिहान साँढे ६ बजेदेखि शुरु हुने ४२.१९५ किलोमिटर दूरीको म्याराथन हुँदैछ ।

अन्नपूर्ण बेसक्यापबाट शुरु अन्नपूर्ण म्याराथन माछापुच्छे« आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुइले, टाडापानी, भैंसीखर्क हु“दै घान्द्रुकमा समापन हुने म्याराथन प्राविधिक निर्देशक भूतपूर्व खेलाडी मञ्च नेपालका सल्लाहकार खड्कबहादुर रानाभाटले बताए ।

म्याराथनको पहिलो पुरस्कार १ लाख ५५ हजार, दोस्रो पुरस्कार ७५ हजार तेस्रो पुरस्कार ५५ हजार र १० जना धावकलाई शान्त्वना पुरस्का छ ।