जनता–राज्य मिले राज्यको समस्या हल हुन्छ : मन्त्री सिंखडा

जनसम्मत
श्रावण ११, २०८०, बिहीवार

सामाजिक बिकास तथा स्वास्थ मन्त्री सुशीला सिंखडाले राज्यमा भएका समस्या जनता र सरकार मिलेमा समस्या हल हुने दाबी गरेकी छिन्।

मानव सेवा आश्रम पोखरा छोेरेपाटनलाइ औषधी वितरण गर्दै मन्त्री सिंखडाले यस्तो धारणा राखेकी हुन्।

‘हिजो सडकमा देख्दा बिचरा भन्ने मात्र थियो’, उनले भनिन,‘व्यवस्थापन गर्ने टिमलाई धन्यवाद दिन्छु।’

राज्यको जिम्मेवार पदमा बसेकाले निस्वार्थ भावले काम गरे धेरै काम गर्न सक्ने उनको भनाई थियो। आफूले समाजमा भएको समस्यालाई हल गर्ने प्रतिवद्वतासमेत जनाइन्।

‘मैले गर्नुपर्ने भूमिका निर्वाह गर्छु’, मन्त्री सिंखडाले भनिन, ‘स्वास्थ मन्त्रालयको समन्वय र सहयोगमा औषधी आएको छ, यो हाम्रो दायित्व हो’
सामाजिक विकास तथा स्वास्थ मन्त्रालयका स्वास्थ सचिव बिनोदबिन्दु शर्माले यस्तो संस्था कास्कीमा मात्र नभएर अन्य जिल्लामा पनि भएको जानकारी दिए।

सामाजिक बिकास तथा स्वास्थ मन्त्रालयका समाजिक सचिव तोयानाथ लम्सालले समाजिक बिकास मन्त्रालय प्रदेशलाई सडक मानवमुक्त प्रदेश घोषणा गरेको बताए। उनले गण्डकी प्रदेश सरकार मानब सेवा आश्रममा ७० लाख बजेट बिनियोजन गरेको जानकारी दिए।

जिल्ला जनस्वास्थ्य कार्यालय कास्की प्रमुख बद्री आचार्यले ३३ प्रकारका मानसिक रोगसम्बन्धी र अन्य गरेर ३९ प्रकारका औषधी दिएको जानकारी दिए। करिब १ वर्षको लागि पुग्ने औषधी भएको उनले बताए।

प्रदेश आपूर्ति केन्द्र, गण्डकी प्रदेश औषधी व्यवसायी, जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको सहयोगमा औषधी दिएको हो।

मानव सेवाआश्रम कास्की जिल्ला संयोजक सदिश पुनले १ सय परुष र ६७ महिलाहरु अहिले मानव सेवा आश्रममा रहेको बताए।