फिफा महिला विश्वकप: अर्जेन्टिना इटालीसँग पराजित

जनसम्मत
श्रावण ८, २०८०, सोमबार

महिला विश्वकपमा अर्जेन्टिना इटालीसँग पराजित भएको छ।

आज (सोमबार) समूह ‘जी’ को खेलमा अर्जेन्टिना इटालीसँग ०–१ ले पराजित भएको हो।

बराबरीतर्फ उन्मुख खेलको ८७ औं मिनेटमा इटालीका लागि क्रिस्टियाना गिरेलीले विजयी गोल गरेकी थिइन्।

इडेन पार्कमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी गिरेलीले इटालीका लागि विजयी गोल गरिन्।

इटाली सन् २०१९ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको थियो। अर्जेन्टिनाले भने अहिलेसम्म महिला विश्वकप जित्न सकेको छैन।

समूह ‘जी’ को खेलमा इटाली र स्विडेनले समूह चरणको पहिलो खेलमा जित दर्ता गरेका छन्। दुवैले समान ३/३ अंक जोडेका छन्। साउथ अफ्रिका र अर्जेन्टिना अंकविहिन छन्।