फिफा महिला विश्वकप : मोरक्कोमाथि जर्मनीको आधा दर्जन गोल

जनसम्मत
श्रावण ८, २०८०, सोमबार

उपाधिको बलियो दावेदार रहेको जर्मनीले आज (सोमबार) महिला विश्वकपमा बलियो सुरुआत लिएको छ ।

यस नतिजापछि जर्मनीले आफ्नो समूहमा बलियो पकड बनाएको छ। जुन समूहमा मोरक्कोको प्रदर्शन भने कमजोर रह्यो।

यसपल्टको विश्वकपमा डेब्यु गरिरहेको ८ टिममध्ये मोरक्कोको प्रदर्शन सबैभन्दा निराशाजनक रह्यो।

जर्मनीको जितमा कप्तान एलेक्जान्डर पपले २ गोल गरिन्। यस्तै, क्लारा बहुल र लेआ स्कलरले १/१ गोल गरे।

बाँकी २ गोल मोरक्कोका लागि आत्मघाती रह्यो।