फिफा महिला विश्वकप : ब्राजिलले जित्दा एरीको ह्याट्रिक

जनसम्मत
श्रावण ८, २०८०, सोमबार

ब्राजिलले महिला विश्वकप २०२३ मा आज (सोमबार) उत्कृष्ट विजयी सुरुआत गरेको छ।

समूह ‘एच’ को खेलमा ब्राजिलले विश्वकपमा डेब्यु गरिरहेको पानामालाई ४–० को गोलअन्तरले हरायो।
ब्राजिलको जितमा एरी बोरगेस नायिका बनिन्।

उनले आफ्नो ह्याट्रिक पूरा गर्दै शान्दार प्रदर्शन गरिन्। यसपल्टको विश्वकपको यो पहिलो ह्याट्रिक हो। उनकै क्रस बलमा बिआ जेनराटोले अर्को गोल थपिन्।

यो जितपछि ३ अंकसहित ब्राजिल आफ्नो समूहमा बलियो स्थितिमा रह्यो। यसै समूहअन्तरगत यसअघिको खेलमा फ्रान्स र जमैकाले गोलरहित बराबरी खेल्यो।