फिफा महिला विश्वकप : आयोजक न्युजिल्याण्ड फिलिपिन्ससँग स्तब्ध

जनसम्मत
श्रावण ९, २०८०, मंगलवार

महिला विश्वकप फुटबलमा आयोजक न्युजिल्याण्ड, फिलिपिन्ससँग स्तब्ध भएको छ।

आज (मंगलबार) भएको खेलमा फिलिपिन्सले न्युजिल्याण्डलाई १–० ले हराएको हो।

फिलिपिन्सको जितमा सेरिना बोल्डेनले २४ औं मिनेटमा विजयी गोल गरिन्।

जितपछि प्रशिक्षक एलेन स्टेजिकले फिलिपिन्सको खेलकुद इतिहासमा प्राप्त जित सबैभन्दा ठूलो भएको बताए।

विश्वकपमा फिलिपिन्सको पहिलो जित हो। जितसहित फिलिपिन्सले नकआउट चरण प्रवेशको संभावना बलियो बनाएको छ।

पहिलो खेलमा फिलिपिन्स स्विटजरल्याण्डसँग २–० ले पराजित भएको थियो।

जितपछि फिलिपिन्सले समूह ‘ए’को खेलमा ३ अंक जोडेको छ।

शीर्ष स्थानको स्विटजरल्याण्डको ४, न्युजिल्याण्ड र फिलिपिन्सको समान ३/३ अंक भएको छ। नर्वे १ अंकसहित तालिकाको पुछारमा छ।