फिफा महिला विश्वकप : कोलम्बियाले दक्षिण कोरियालाई हरायो

जनसम्मत
श्रावण ९, २०८०, मंगलवार

महिला विश्वकप फुटबलमा कोलम्बियाले दक्षिण कोरियालाई हराएको छ।

आज (मंगलबार) भएको खेलमा कोलम्बियाले दक्षिण कोरियामाथि २–० को जित निकालेको हो।

कटलिना उस्मेले ३० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई सुरुआती अग्रता दिलाइन्।

युवा खेलाडी लिन्डा केसेडोले ३९ औं मिनेटमा गोल गर्दै दक्षिण अमेरिकी टोलीको अग्रता दोब्बर बनाइन् ।

समूह ‘एफ’को खेलमा कोलम्बिया र जर्मनले समान ३/३ अंक जोडेका छन्। दक्षिण कोरिया र मोरक्को अंकविहीन छन्।