सडक भासिँदा पृथ्वीराजमार्ग एकतर्फी संचालन

जनसम्मत
श्रावण २३, २०८०, मंगलवार

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ जिल्लाको व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा सडक भासिँदा एकतर्फी मात्रै सडक संचालन भएको छ।

उक्त स्थानमा मंगलबार करिब साढे ११ बजे सडक भासिँदा सडक अवरुद्ध भएको हो।

सडक भासिँदा साना सवारी साधन र एम्बुलेन्स एकतर्फी मात्रै संचालन भएको छ।

मुग्लिङ–पोखरा सडक बिस्तारको क्रममा सडकको दुवैतर्फ खनिएको स्थानमा खाल्डो परेको र अविरल वर्षाका कारण सडक भासिएको प्रहरीले जनाएको छ।