जिल्ला प्रशासन बागलुङले भन्यो, ‘आँखा पाकेको भए नआउनु !

जनसम्मत
श्रावण ३२, २०८०, बिहीवार

जिल्ला प्रशासन कार्यालय बागलुङले आँखा पाक्ने समस्या भएका व्यक्तिलाई कार्यालयमा नआउन सूचना जारी गरेको छ।

आँखा पाक्ने रोग लागेका बेला नागरिकता, राहदानीलगायतका सेवा लिन आउँदा अन्य व्यक्तिलाई पनि सर्ने भएकाले रोग निको नभएसम्म सेवा लिन नआउन भनिएको हो।

प्रशासनले जिल्लाका स्थानीय तहहरुलाई समेत सूचना गर्न भनेको छ।

प्रशासकीय अधिकृत दिनेश शर्माले सार्वजनिक सूचनामार्फत आँखा पाक्ने रोग नियन्त्रणका लागि सहयोग गर्न अनुरोध गर्दै समस्या भएका बिरामीलाई प्रशासनमा नआउन भनेका छन्।

सर्वसाधारणले भने प्रशासनले सेवा लिन नआउ भन्नु नै गलत भएको टिप्पणी गरेका छन्।