आज बिहान गोरखामा बिद्युत अबरुद्व हुँदै

जनसम्मत
भाद्र २, २०८०, शनिबार

आज (शनिबार) गोरखा जिल्लाको अधिकाशं स्थानमा बिद्युत अबरुद्व हुने भएको छ।

नेपाल बिद्युत प्राधिकरण, तनहुँ बितरण केन्द्र दमौलीले हिँजो (शुक्रबार) एक सूचना जारी गर्दै गोरखा बितरण केन्द्रबाट सप्लाई हुने स्थानमा बिहान बिद्युत अबरुद्व हुने जनाएको छ।

जारी सूचनामा तनहुँको मार्किचोक–आँबुखैरेनी ३३ केभी लाईनको केही पोलहरु ढल्ने अवस्थामा पुगेको र तत्काल मर्मत गनुपर्ने देखिएको भन्दै बिद्युत अबरुद्व हुने उल्लेख गरिएको छ।

सूचनामा ३३ केभी लाईनबाट सञ्चालन हुने आँबुखैरेनी सब स्टेशन, साराङघाट सब स्टेशन र गोरखा सब स्टेशनबाट बिद्युत आपुर्ती हुने संपूर्ण स्थानमा बिद्युत सेवा अबरुद्व हुने भनिएको छ।

मर्मतका लागि बिहान ७ बजेदेखी १० बजेसम्मको समय तोकिएको भएपनि छिट्टै काम सकेको खण्डमा छिट्टैनै बिद्युत सुचारु हुने पनि बितरण केन्द्र दमौलीले जनाएको छ।

गोरखा र तनहुँको ति स्थानहरुबाट बिद्युत अबरुद्व हुदा जिल्ला भित्रको ३० हजार भन्दा बढी घर परिवार बिद्युत उपभोगबाट बञ्चित हुने गोरखा बितरण केन्द्रले जनाएको छ।