गोरखाको आठौं जिल्ला सभाको निर्णय: ‘एक स्थानीय तह, एक प्रमुख उत्पादन’

जनसम्मत
भाद्र १, २०८०, शुक्रबार

गोरखा जिल्लाको आठौं जिल्ला सभाले ‘एक स्थानीय तह, एक प्रमुख उत्पादन’ को अवधारणलाई कार्यन्वयन गरी जिल्लालाई आर्थिक रुपमा स्वावलम्वी वनाउन थप टेवा पुर्‍याउने निर्णय गरेको छ।

कृषि क्षेत्र दिनानुदिन समस्याग्रस्त हुदै गएको उत्पादक वृद्धि तर्फ लाग्नुपर्ने र जनशक्ति विदेश पलायन हुने जोखिम वढ्दै गएकाले कृषि पेशातर्फको आकर्षणलाई थप टेवा पुर्‍याउन कृषि वीमा कार्यक्रलाई प्रभावकारी ढंगले अगाडी वढाउन अग्रसरता लिनेसमेत बैठकले निर्णय गरेको छ।

हालै सम्पन्न जिल्ला सभामा समन्वय समतिका प्रमुख मोहनबहादुर थापाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को कार्यप्रगति तथा आर्थिक वर्ष २०८०/२०८१ को बार्षिक निति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको छ।

समन्वय अधिकारी नानीवावु पोखरेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को प्राप्त वजेट र खर्च तथा आर्थिक वर्ष २०८०/०८१ को प्रस्तावित वजेट सिन अनुमोदन भएको छ।

गोरखा जिल्ला ऐतिहासिक, धार्मिक, सांस्कृतिक प्राकृतिक दृष्टिकोणबाट पर्यटकीय संभावना वोकेको जिल्ला भएर पनि जिल्लाको समग्र आर्थिक उन्नतीका लागि जिल्लाभित्रका संपूर्ण स्थानीय तहहरुले सरोकारवालाहरुको ब्यापक सहभागिता एवं संलग्नतामा आ–आफ्नो स्थानीय तहहरुको पर्यटन गुरु योजना निर्माण गरी कार्यान्वयन गर्ने जिल्ला सभाले निर्णय गरेको छ।

जिल्लाभित्र तहगत र विषय क्षेत्रगत निकायहरुमा सहि तथ्यांक अद्यावधिक कायम हुन नसक्दा योजना तथा कार्यक्रम तथ्य परक एवं भर पर्दो हुन नसक्ने एवं बिकास निर्माणको आधारका रुपमा रहेको यस्तो तथ्यांकलाई वस्तुनिष्ठ र भरपर्दो वनाउन जिल्ला भित्रका सवै स्थानयि तहहरुले आ–आफ्नो स्थानीय तहहरुको विषय क्षेत्रगत तथ्यांक एवं विवरणहरु अद्यावधिक गरी योजना तथा कार्यक्रम गर्दा प्रयोग गर्ने पनि निर्णय गरेको छ।

आर्थिक रुपमा आत्मनिर्भर वन्नका लागि गोरखा जिल्लाका सवै स्थानीय तहहरुले आ–आफ्नो स्थानीय तहको राजस्व सुधार कार्ययोजना निर्माण गरी कार्यन्वयन गर्ने, जिससको मौज्दात कोषबाट स्थानीय तहको साझेदारीमा संचालित योजनाहरु तोकिएको समय अवधिभित्र सम्पन्न हुने गरी कार्य अगाडी वढाउने एवं जिल्ला समन्वय समितिसँग सम्झौता भई हालसम्म शुरु हुन नसकेका योजनाहरु स्वत: वदर हुने पनि निर्णय गरेको छ।

सवैले आ–आफ्नो क्षेत्रबाट विकास निर्माणसम्वन्धी कार्यमा गुणस्तरीय र दिगोपना कायम गर्नका लागि प्रतिवद्धतासमेत जनाएका छन्।