आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट: बहराईनमाथि नेपालको सानदार जित

दोस्रो खेलमा नेपालले बहराईनलाई १० विकेटले हरायो

जनसम्मत
भाद्र १५, २०८०, शुक्रबार

मलेसियामा जारी आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले बहराइनमाथि सानदार जित दर्ता गरेको छ।

मलेसियाको सिलोंग्र ट्रफमा लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको हो।

बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब ५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो।

नेपालको जितमा ओपनर कविता कुँवरले १४ बलमा १८ रन बनाईन्।

अर्का ओपनर सिता रानामगरले ३ बलमा २ रन बनाईन्।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको बहराईनले १५ दशमलब ४ ओभरमा ३१ रनमा अलआउट भएको थियो।

बहराइनका लागि कप्तान दीपिकाले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि इन्दु बर्माले ३ तथा खुसी डंगोलले २ विकेट लिए।

पूजा महतो, रुबिना क्षेत्री र कविता कुँवरले समान १/१ विकेट लिए।

नेपालले तेस्रो खेलमा १७ गते भुटानसँग र चौथो खेलमा १८ गते कतारसँग खेल्दैछ।