आइसीसी महिला विश्वकप एसिया छनोट: सीता बनिन् ‘प्लेयर अफ द म्याच’

जनसम्मत
भाद्र १४, २०८०, बिहीवार

आइसीसी महिला विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाललाई ५ रनले जिताउन महत्वपूर्ण रन बनाएकी सीता रानामगर ‘प्लेयर अफ द म्याच’ बन्न सफल भएकी छिन्।

सीताले पहिलो ३ बलमा ३ विकेट गुमाएको नेपाललाई उत्कृष्ट पुनरागमन गराएकी थिइन्।

सीताले ओपनरको भुमिकामा क्रिजमा आएर अविजित रुपमा ३८ रन बनाइन्।

मलेसियामा आज सुरु महिला टी–ट्वान्टी विश्वकप अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले सुखद सुरुआत गरेको छ।

बायोमास ओभल मैदानमा विजयी सुरुआत गर्ने क्रममा नेपालले घरेलु टोलीलाई ५ रनले पराजित गरेको हो।