आईसीसी महिला विश्वकप एसिया छनोट: इन्दु बनिन् ‘प्लेयर अफ द म्याच’

जनसम्मत
भाद्र १५, २०८०, शुक्रबार

विश्वकप एसिया छनोटमा बहराइनविरुद्धको खेलमा नेपालकी इन्दु बर्मा ‘प्लेयर अफ द म्याच’ बनेकी छिन्।

नेपाललाई १० विकेटको फराकिलो जित दिलाउन महत्वपूर्ण समयमा विकेट लिन सफल बर्मा ‘प्लेयर अफ द म्याच’ बन्न सफल भएकी हुन्।

इन्दुले ४ ओभरमा २ मेडन राखेर ५ रन खर्चिदै ३ विकेट लिएकी थिइन्।

बर्माले २४ मध्ये २२ डट बल गरेकी थिइन्।

मलेसियामा जारी महिला टी–ट्वान्टी विश्वकप अन्तर्गतको खेलमा नेपालले लगातार दोस्रो जित निकाल्यो।

दोस्रो खेलमा नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको हो।

बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब ५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो।