नेपाल एसिया कप क्रिकेटको प्रतियोगिताबाट बाहिरियो

अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित

जनसम्मत
भाद्र १९, २०८०, मंगलवार

एसिया कप क्रिकेटमा भारतसँगको हारसँगै नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ।

एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित बन्न पुग्यो।

डकवर्थ लेविस पद्धतिको आधारमा नेपालले दिएको १४५ रनको लक्ष्य भारतले २०.१ ओभरमा कुनै विकेट नगुमाइ पुरा गर्‍यो।

वर्षाका कारण २ घण्टा भन्दा बढी खेल रोकिएपछि २३ ओभरमा घटाइएको थियो।

भारतका लागि कप्तान रोहित शर्माले ५९ बलमा ७४ रन र शोब्मन गिलले ६२ बलमा ६७ रन बनाए।

नेपालका बलरहरुले कुनै पनि विकेट हात पार्न सकेनन्।

यसअघि, श्रीलंकाको पालेकेलेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभर २ बलमा अल आउट हुँदै २ सय ३० रन बनाएको थियो।

नेपालका आशिफ शेखले सर्वाधिक ५८ रन बनाए। आशिफले ७ चौका प्रहार गरे।

यस्तै, सोमपाल कामीले २ छक्का र १ चौकासहित ४८ रन बनाए।

कुशल भुर्तेलले ३ चौका र २ छक्का सहित ३८ बनाए ।

दीपेन्द्रसिँह ऐरीले २५ बलमा २९ रन बनाए।

गुल्शन झाले २३ रन बनाए।

यस्तै, भीम सार्की ७, कप्तान रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए।

सन्दीप लामिछानेले ९ रन बनाए भने ललित राजवंशीले खाता पनि खोल्न सकेनन्।

भारतका रवीन्द्र जडेजा र मोहम्मद सिराजले ३३ विकेट लिए।

जितसँगै भारत सुपर फोरमा प्रवेश गरेको छ।