दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित

यसअघि, भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो

जनसम्मत
भाद्र २५, २०८०, सोमबार

म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ।

म्यानमारस्थित थुउन्ना रंगशालामा आज (सोमबार) भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग १–० गोलअन्तरले पराजित भएको हो।

म्यानमारका लागि विन नैइग तुनले गोल गरे।

उनले खेलको दोस्रो हाफमा गरेको एक मात्र गोल नै म्यानमारका लागि निर्णायक गोल साबित भयो।

विनले खेलको ८६ औँ मिनेटमा निर्णायक गोल गरे।

अर्को महिना लाओसविरुद्ध हुने विश्वकप छनोटको तयारीस्वरूप नेपालले म्यानमारविरुद्ध २ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलको हो।

यसअघि, भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो।

नेपालले विश्वकप छनोटमा लाओससँग होम एण्ड अवे गरी २ खेल खेल्नेछ।

नेपालले पहिलो खेल अक्टोबर १२ तारिखमा खेल्नेछ भने दोस्रो खेल अक्टोबर १७ तारिखमा हुनेछ।