पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपाल–म्यानमारको बराबरी

जनसम्मत
भाद्र २२, २०८०, शुक्रबार

पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ।

आज (शुक्रबार) म्यानमारको थुवुन्ना रंगशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो।

म्यानमारविरुद्ध नेपालले उत्कृष्ट खेल प्रर्दशन गरेपनि गोल गर्न भने सकेन।

विश्वकप छनोटको तयारीमा रहेको नेपाल तयारीका लागि म्यानमारमा छ।

नेपालले म्यानमारको राष्ट्रिय फुटबल टिमसँग २ मैत्रीपुर्ण फुटबल खेल्नेछ।

दुवै देशले फिफा डेट अनुसार मैत्रीपूर्ण फुटबल खेलेका हुन्।

दोस्रो मैत्रीपूर्ण खेल आगामी सोमबार हुनेछ।