पोखरामा ३ दिने ‘तीज सांकृतिक महोत्सव’ सुरु

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङद्वारा महोत्सवको उद्घाटन

जनसम्मत
भाद्र २५, २०८०, सोमबार

पोखराको लेकसाइडमा ३ दिने ‘तीज सांस्कृतिक महोत्सव–२०८०’ सुरु भएको छ।

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)द्वारा आयोजित महोत्सवको आज (सोमबार) कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उद्घाटन गरे।

महोत्सवमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका महिलाले तयार गरेका हस्तकलाका सामग्रीको बिक्री तथा प्रदर्शनीमा राखिएको छ।

बुधबारसम्म चल्ने महोत्सवमा प्रदेशस्तरीय तीज गीत, महिला हाजिरीजवाफ, महिला भलिबल तथा दौडलगायतका प्रतियोगिता आयोजना गरिएको अध्यक्ष गिरीले जनाएकी छिन्।

महोत्सवमा कलाकारहरुको प्रस्तुति पनि रहनेछ।

भदौ २५ देखि २७ गते सम्म कोमागाने पार्क लेकसाइडमा हुने तीज सांस्कृतिक महोत्सवलाई सफल पार्न पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद लगायत पर्यटन सम्बद्ध संघ संस्थाहरुको सहयोग रहेको छ।

सांस्कृतिक महोत्सवको अवसरमा आज (सोमबार) विहान प्रभातफेरी र्‍यालीको समेत आयोजना गरिएको थियो।

र्‍यालीमा गण्डकी प्रदेशका महिलाहरुको बाक्लो सहभागिता थियो।