सहारा क्लब पोखराको वार्षिकोत्सवमा बृहत् सरसफाई

जनसम्मत
भाद्र २८, २०८०, बिहीवार

सहारा क्लव पोखराले आफ्नो बार्षिकोत्सवको अवसरमा यस बर्ष पनि पोखरा बसपार्क क्षेत्रमा बृहत् सरसफाई गरेको छ।

आज (विहीबार) भएको बृहत् सरसफाई कार्यक्रमबाट एक गाडी फोहोर संकलन गरिएको क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले जनाएका छन्।

पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा सदस्य नन्दुराम गिरीले सफाईका सामाग्री कार्यक्रम संयोजक ज्योति के.सी. र क्लवका अध्यक्ष सुरजलगायतलाई हस्तान्तरण गरी सरसफाइको सुरुवात गरेको थियो।

सफाई अभियानमा पूर्व अध्यक्षहरु, क्लवका पदाधिकारी, सदस्य तथा स्थानीयवासीहरुको सकृय सहभागिता रहेको बरिष्ठ उपाध्यक्ष केशवराज बरालले बताए।

यसैबीच, क्लवले भोली (शुक्रबार) पोखरामा बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ।