तीजको दर खर्च आश्रमलाई सहयोग

जनसम्मत
भाद्र २८, २०८०, बिहीवार

 

पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रममा तीजको दर खर्च सहयोग गरिएको छ।

नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको महिला उपसमितिले सहयोग गरेको हो।

महिलाहरुले १५ हजार रुपैयाँ मूल्य बराबरको खाद्यान्न (दाल, चामल, नुन, तेल, चाउचाउ) सहयोग हस्तान्तरण गरेका हुन्।

वर्षेनी तीजको अवसर पारेर पोखरा फोटोग्राफर संघ महिला उपसमितिले केही रकम जोहो गरेर बिभिन्न असाहाय गरीव तथा असक्तहरुका लागि सहयोग गर्दै आएको कुरा महिला उपसमिति संयोजक रिता पौडेलले जनाइन्।

सहयोग हस्तान्तरणसँगै पोखरा फोटोग्राफर संघ अध्यक्ष रामचन्द्र पोख्रेल, संरक्षक गणेश छविले तीजको शुभकामना ब्यक्त गरे।

त्यस्तै, मानव सेवा आश्रम हेमजा कार्यलय सचिव सञ्जु मोक्तानले सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गरिन्।