फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा आज रोजर फेडेरर र स्पेनका राफेल नाडाल भिड्दै

एजेन्सी
जेठ २४, २०७६, शुक्रबार

पोखरा । यस वर्षको दोस्रो ग्रान्डसलाम फ्रेन्च ओपनको सेमिफाइनलमा स्विट्जरल्यान्डका रोजर फेडेरर र स्पेनका राफेल नाडाल भिड्दैछन् ।

शुक्रबार हुने सेमिफाइनल भिडन्तमा यी दुईबीच प्रेन्च ओपन टेनिसमा आठ वर्षपछि आमने–सामने हुन लागेका हुन् । पछिल्लो पटक २०११ मा नाडालले फेडेररलाई पराजित गरेका थिए । यस प्रतियोगितामा यि दुईबीचको यो दोस्रो भेट समेत हो । फेडेरर ६ वर्षपछि सेमिफाइनलमा पुग्न सफल हुँदा नाडालले १२ औं पटक सेमिफाइनलमा स्थान बनाए । २००९ का च्याम्पियन फेडेररले २०१५ का च्याम्पियन स्विटजरल्यान्डका स्टेन वावरिन्कालाई ७–६, ४–६, ७–६ र ६–४ ले पराजित गरेका थिए ।

उनले यो खेल आफ्नो पक्षमा पार्नका लागि ३ घन्टा ३५ मिनेट प्रतिष्पर्धा गरेका थिए । २० ग्रान्डसलाम जितिसकेका फेडेररले वावंरिन्काविरुद्ध करिअरमा २३ जित निकाल्न सफल भए । वावरिन्काले अहिलेसम्म ३ पटक फेडेररलाई पाखा लगाएका छन् ।

वरीयताको दोस्रो नम्बरमा रहेका नाडालले भने केई निशिकोरीलाई ६–१, ६–१, ६–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । क्ले कोर्टका बादशाहले परिचित रहेको नाडालले निशिकोरीलाई पेरिसलमा लगातार पाँचौ पटक पराजित गरे । नाडालले १ घन्टा ५१ मिनेटमानै खेल आफ्नो पक्षमा पारेका थिए ।