
नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज (बुधबार) भएको पोखरा थन्डर्स एफसी र धनगढी एफसीबीचको खेल बराबरीमा सकिएको छ।
काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेल गोलरहित बराबरीमा टुंगिएको हो।
एनएसएल लिगमा ३ खेल खेलेकोे धनगढीको यो लगातार दोस्रो बराबरी हो।
धनगढी ५ अंकसहित तेस्रो स्थानमा छ ।
समान अंक भएपनि ऊ काठमाडौं रेजर्सभन्द गोलअन्तरमा अघि रह्यो।
४ खेल खेलेको पोखरा ४ अंकसहित पाँचौं स्थानमा छ।
यसअघि, धनगढीले ललितपुर सिटी एफसीसँगकोे खेल पनि गोलरहित बराबरी खेलेको थियो।
धनगढीले आफ्नो पहिलो खेलमा बुटवल लुम्बिनी एफसीलाई ४–१ गोल अन्तरले हराएको थियो।
तेस्रो संस्करणको एनएसएल फुटबलमा सात टोली ललितपुर, काठमाण्डौ, पोखरा, बुटवल लुम्बिनी, धनगढी, झापा र चितवन सहभागी छन्।
प्रतियोगिताको फाइनल खेल वैशाख १३ गते हुनेछ।