
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ।
बोर्डले वैशाख २१ गतेदेखि सुरू हुने गरी कक्षा १२ को परीक्षाको संशोधित तालिका सार्वजनिक गरेको हो।
संशोधित परीक्षा तालिकाअनुसार वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म परीक्षा संचालन हुनेछ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुनेछ।
परीक्षाको पहिलो दिन वैशाख २१ गते रेगुुलरतर्फ अनिवार्य अंग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा र उर्दु ब्याकरण एवं साहित्यको परीक्षा संचालन हुनेछ।
त्यस्तै, वैशाख २२, २३, २४, २५, २६, २८, ३०, ३१, जेठ १ र २ गते पनि विभिन्न विषयका परीक्षा संचालन हुने बोर्डद्वारा जारी सूचनामा उल्लेख छ।
यसअघि, भोलि ११ गतेदेखि कक्षा १२ को परीक्षा गर्ने भनिएपनि काठमाण्डौमा चलिरहेको शिक्षक आन्दोलनका कारण बोर्ड पूर्वनिर्धारित समयमा परीक्षा नगर्ने निर्णयमा पुगेको थियो।
