
बागलुङको बरेङ गाउँपालिका सुदला–मान्द्रेढुंगा सडक खण्डको सोमबारदेखि कालोपत्रको कामसुरु भएको छ।
सिजन बिल्डर्स एण्ड सप्लायर्स कम्पनी काठमाण्डौ महानगरपालिका–१० काठमाण्डौका प्रतिनिधि लोकबहादुर क्षत्रीले मिति २०८१/०८/१८ गतेमा सम्झौता गरी मिति २०८२/०१/१५ गते सम्पन्न गर्नुपर्ने सडक खण्ड बरेङ गाउँपालिकास्तरीय ठेक्का योजना कुल ८१ लाख ८५ हजार १ सय ९८ रुपैंया २० पैसा लागतको रहेको छ।
सडकको कालोपत्रको काम वर्षा नपरे निर्धारित मितिभित्र सम्पन्न हुने अन्यथा वर्षा परे केही दिन लम्बिने कम्पनीका प्रतिनिधि क्षत्रीले बताएका छन्।
कालोपत्र सडकको कार्य गाउँपालिका उपाध्यक्ष दिलिपकुमार पुन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खड्ग बि.क., गाउँपालिका ईञ्जीनियर रामकृष्ण पौडेललगायतका समूहले अनुगमन गरेको छ।
कालोपत्र कार्य सुरु भएकोले गाउँपालिकाको सडकखण्ड केहि दिन बन्द रहने र सवारी साधनहरुले वैकल्पिक सडकको प्रयोग गर्न कम्पनीका प्रतिनिधि क्षत्रीले आग्रह गरेका छन्।