
आइसीसी महिला टी–२० विश्वकपको एशिया छनोट खेलमा नेपाल हङकङसँग पराजित भएको छ।
नेपाल हङकङसँग ७ विकेटले पराजित भएको हो।
थाइल्यान्डको एआईटी ग्राउन्टमा नेपालले दिएको ३० रनको लक्ष्य हङकङले ४ ओभर ३ बलमा ३ विकेट गुमाएर भेट्टायो।
हङकङकी शनजीन शाहजादले नटआउट १५ रन बनाइन्।
नेपालकी कविता कुँवरले २ विकेट लिइन्।
यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५ ओभरमा ३ विकेट गुमाएर २९ रन बनायो।
दिउँसो सवा १२ बजे सुरू हुनुपर्ने खेल वर्षाका कारण प्रभावित भएपछि ५ ओभरमा झारिएको हो।
नेपालकी सम्झनाकुमारी खड्काले सबैभन्दा धेरै १० रन बनाइन्।
हङकङकी मे वे सुले ३ विकेट लिइन्।
यसअघि, नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो।
दोस्रो खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो।
यस्तै, नेपालले पर्सि (बिहीवार) फेरि बहराइनसँग खेल्नेछ।
महिला टी–२० विश्वकप एशिया छनोटमा ९ देश सहभागी छन्।
नेपाल, बहराइन र हङकङ समूह ‘सी’ मा छन्।
यस्तै समूह ‘ए’ मा भुटान, कुवेत र आयोजक थाइल्यान्ड छन्।
समूह ‘बी’ मा मलेशिया, कतार र युएई छन्।
प्रतियोगितामा हरेक समूहका शीर्ष टोली ‘सुपर थ्री’ मा पुग्नेछन्।
‘सुपर थ्री’ मा शीर्ष २ मा रहने टोली ग्लोबल छनोट चरणमा पुग्नेछन्।