साफ यु–१९ च्याम्पियनसीप : सेमिफाइनलमा नेपाल बंगलादेशसँग पराजित

दोस्रो सेमिफाइनल भारत र माल्दिभ्सबीच हुँदैछ

जनसम्मत
जेठ २, २०८२, शुक्रबार

साफ यु–१९ च्याम्पियनसीपमा सेमिफाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ।

भारतको अरुणञ्चलस्थित गोल्डेन जुब्ली स्टेडियममा आज भएको पहिलो सेमिफाइनलमा नेपाल २–१ गोलले पराजित हुँदै च्याम्पियसीपबाट बाहिरियो।

यद्यपी, बंगलादेश भने च्याम्पियनसीपको फाइनलमा पुगेको छ।

नेपाल–बंगलादेशले खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो।

बंगलादेशको जीतमा कप्तान नज्मुल हुदा फैसल र अशिकुर रहमानले ७४ औँ गोल गरे।

बंगलादेशले दोस्रो हाफको १० मिनेटभित्र २ गोल गर्‍यो।

बंगलादेशले खेलको ७३ औ र ८१ औं मिनेटमा गोल गरेको हो।

बंगलादेशले ७४ औँ मा अशिकुर रहमानले गरेको गोलबाट अग्रता लियो।

त्यसैगरी, कप्तान नज्मुल हुदा फैसलले टोलीका लागि ८१ औं मिनेटमा गोल गर्दै बंगलादेशलाई दोब्बर अग्रता दिलाए।

नेपालले खेलको ८७ औं मिनेटमा एक गोल फर्कायो।

नेपालका लागि सुजन डंगोलले ८७ औँ मिनेटमा सान्त्वना गोल फर्काए।

नेपाल समूह ‘बी’ को उपविजेता र बंगलादेश समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्।

समूह चरणमा नेपालले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो।

त्यस्तै, दोस्रो खेलमा आयोजक भारतसँग पराजित भएको थियो।

यस्तै बंगलादेशले पहिलो खेलमा माल्दिभ्ससँग बराबरी खेल्यो।

दोस्रो खेलमा भूटानलाई हराएको थियो।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आजै राति पौने ८ बजे समूह ‘बी’ को विजेता भारत र समूह ‘ए’ को उपविजेता माल्दिभ्स खेल्दैछन्।

बंगलादेशले यो खेलको विजेतासँग उपाधिका लागि खेल्नेछ।

नेपालले सन् २०१५ मा भएको पहिलो संस्करणको उपाधि जितेको थियो।

पछिल्लो पटक भने नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो।