महिला टी–२० विश्वकप छनोट: नेपाल पहिलो पटक ग्लोबल छनोटमा पुग्यो

संयुक्त अरब इमिरेट्स (युएई) लाई ५ विकेटले हराउँदै नेपालले ‘सुपर–थ्री’ को शीर्ष २ मा स्थान बनायो

जनसम्मत
जेठ ४, २०८२, आइतबार

नेपालले पहिलो पटक आइसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ।

संयुक्त अरब इमिरेट्स (युएई) लाई ५ विकेटले पराजित गर्दै सो स्थान बनाएको हो।

‘सुपर–थ्री’ को शीर्ष २ मा स्थान बनाउँदै नेपालले उक्त सफलता हात पारेको हो।

अब, नेपालले यसै वर्ष महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता खेल्नेछ।

ग्लोबल छनोटमा नेपालसहित १० टोली सहभागी हुनेछन्।

उक्त प्रतियोगितामा शीर्ष ४ स्थान बनाउने टोलीले सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसीसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्नेछन्।

थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा सोमबार टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनायो।

११५ रनको विजयी लक्ष्य नेपालले १९ दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३० रन बनाइन्।

यसैगरी, रुविना क्षेत्रीले २३ रन जोडिन्।

सम्झना खड्काले २१ थपिन्।

पूजा महतोले १३ बनाइन्।

राजमती ऐरीले ८ तथा रुवि पोदारले अविजित ६ रन जोडे।

बलिङतर्फ युएईका लागि मिसेल बोथ, सुरक्षा कोटे, वैष्णभी महेश र कप्तान इशा ओजाले १/१ विकेट लिए।

यसअघि, युएईका लागि ११४ रन बनाउने क्रममा कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन्।

त्यस्तै, तीर्थ सतिशले २१ जोडिन्।

हिना होटचन्दनीले २० रन थापिन्।

लाभन्या केनीले १२ रन बनाइन्।

बलिङतर्फ नेपालका लागि मनिषा उपाध्यायले ४ विकेट लिइन्।

त्यसैगरी, कविता कुँवरले २ रन लिइन्।

राजमती ऐरीले विकेट लिइन्।

यसअघि, ‘सुपर–थ्री’ को पहिलो खेलमा थाइल्यान्डले युएईलाई ५४ रनले हराउँदै ग्लोलब छनोटमा स्थान पक्का गरिसकेको छ।

अब, नेपालले ‘सुपर–थ्री’ को अन्तिम खेल भोलि (मंगलबार) थाइल्यान्डसँग खेल्नेछ।