गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

यही जेठ ११ गते दिउँसो २.०० बजेदेखि सुरु हुनेगरी प्रदेशसभा बैठक आह्वान

जनसम्मत
जेठ ४, २०८२, आइतबार

गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुने भएको छ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले यही जेठ ११ गते दिउँसो २.०० बजेदेखि सुरु हुनेगरी प्रदेशसभा बैठक आह्वान गरेका हुन्।

प्रदेश प्रमुख भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते आइतबार दिउँसो २.०० बजेदेखि प्रदेशसभा भवनमा बैठक आरम्भ हुनेगरी आह्वान गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालद्वारा आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट प्रस्तुत र छलफल हुनेछ।

सरकारले बजेट ल्याउनुभन्दा १५ दिन अगाडि नै संसदमा बजेटका प्राथमिकता र सिद्धान्तमा छलफल गर्नुपर्ने भएकाले जेठ ११ गतेबाट आठौँ अधिवेशन आह्वान भएको हो।

प्रदेश सभाको पछिल्लो अधिवेशन गत चैत २६ मा अन्त्य भएको थियो।