गण्डकीका मुख्यमन्त्री पाण्डे भन्छन, ‘राइड सेयरिङ १ महिनापछि लागु हुन्छ’

‘बनेका सबै कानून अक्षरश: कार्यान्वयनसमेत हुन्छ’

जनसम्मत
जेठ २५, २०८२, आइतबार

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राइड सेयरिङ १ महिनापछि कार्यान्वयनमा जाने बताएका छन।

पोखरामा आइतबारदेखी सुरु एक कार्यक्रमको उद्घाटन गर्दै सकारले आवस्यकता अनुसार कानूनहरु बनाउने गरेको उल्लेख गरे।
बनेका सबै कानून अक्षरश: कार्यान्वयन गर्ने समेत स्पष्ट पारे।

उनले सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावली संघ सरकारको आग्रहमा केही समयका लागि संघ सरकारसंग समन्वय गरेर रोकिएको बताए।

उनले नियमावलीलाई छिट्टै कार्यान्वयनमा लैजानेसमेत बताए।

मुख्यमन्त्री पाण्डेले भने, ‘‘प्रदेश सरकारले आफ्नो कार्यक्षेत्रमा टेकेर जे कानून बनाएको छ। गण्डकी प्रदेशमा राइड सेयरिङलगायत सबै कानूनको अक्षरश: लागु गर्छ। हामीले बनाएका कुनै पनि कानून या नियमावलीले सम्वन्धीत केही व्यक्तिहरुलाई त्यसको असर पर्ने देखिएको छ भने त्यसलाई परिमार्जन र अझ परिस्कृत गर्नकालागि प्रदेश सरकार तयार छ। तर, कुनैपनि कानून बनिसकेपछि त्यो लागु गर्नबाट पछाडि हटाउन सक्छु कि भन्ने कसैले प्रयत्न गर्न खोज्छ भने पनि त्यो मेरो सरकारको नेतृत्व रहँदासम्म संभव रहँदैन।’