पोखरा महानगरको स्थलगत रिपोर्टिङका लागि आवश्यक बजेट विनियोजन गर्न माग

महानगर प्रमुख आचार्य भन्छन्, ‘पोखरा महानगरले कति धेरै काम गरेको छ। जति काम गरेपनि काम गरेन वा भएन मात्रै भन्ने विकृतिको विकास भएको छ’

जनसम्मत
जेठ २६, २०८२, सोमबार

स्थानीय तह स्थलगत रिपोर्टिङसम्बन्धी आवश्यक बजेट विनियोजन गर्न माग गरिएको छ।

तालिममा सहभागि वक्ताहरुले समाचारको प्रभावकारिताको लागि स्थानीय तह स्थलगत रिपोर्टिङसम्बन्धी आवश्यक बजेट विनियोजन गर्न माग गरेका हुन्।

प्रेस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बरालको नेतृत्वमा गएको टोलीले महानगर प्रमुख आचार्यसँग भेट गरेका हुन्।

पोखरा महानगरले आउँदो बर्षको बजेटमा पोखराका ३३ वटै वडामा उक्त कार्यक्रम पुग्ने गरी आवश्यक बजेट विनियोजन गर्न सहभागिले पोखरा महानगर समक्ष माग गरेका हुन्् ।

महानगर प्रमुख आचार्यले भने, ‘जति काम गरेपनि काम गरेन वा भएन मात्रै भन्ने विकृतिको विकास भएको छ। पोखरा महानगरले कति धेरै काम गरेको छ। तर, जहिलेपनि गरेन भन्ने मात्रै भाष्य तयार गरिएको छ। त्यसैले, पत्रकार साथीहरुले फिल्डमै गएर महानगरले गरेको कामको सत्य–तथ्य उजागर गरिदिनुहुन अनुरोध गर्दछु।’

उनले पोखरामा एडीबी र विश्व बैंकसँग मिलेर २७ अर्ब भन्दा बढीको काम भइरहेको दाबी गरे।

‘मेरै कार्यकालमा सबै काम सकिन्छ भन्नेपनि छैन। तर, म निर्वाचित भएर आएदेखि नै गौरवको आयोजनाहरु तथा अन्य योजनाहरु अगाडि बढिरहेको छ। यसले विकासको फड्को मार्ने अपेक्षा गरेको छु’, उनले भने।

पोखरामा हाल विभिन्न दातृ निकायको सहयोगमा ३३ अर्बको परियोजना जारी रहेको उनले दाबी गरे।

प्रशिक्षार्थीहरुले पोखरा–२१, ३३ र ३० का विभिन्न ठाउँमा निर्माण भइरहेका सडकहरुको स्थलगत अवलोकन गराई त्यसको स्थलगत रिपोर्टिङ गरेका थिए।

पोखरा–३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी सहितको टिमसंग पत्रकारको टोलीले वडा कार्यालयमै पुगेर दोभिल्ला कोत्रे सडकको अवलोकन गरेको थियो।

उक्त सडक हाल ४० प्रतिशत निर्मामा कार्य सम्पन्न भएको अध्यक्ष अधिकारीले बताए।

उक्त सडकमा नमुना सडक बनाउने गरी सडक दायाँ बायाँ फलफूलका बिरुवा रोप्न सुरु गरेको उनले जनाए।