काभा च्याम्पियन्स लिग: हेल्प नेपाल स्पोर्ट्स क्लबले काजकिस्तानको क्लबलाई हरायो

हेल्प नेपालले काजकिस्तानको जायक भलिबल क्लबलाई ३–२ को सेटमा हराएको हो

जनसम्मत
श्रावण ५, २०८२, सोमबार

काभा पुरुष च्याम्पियन्स लिगमा नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबले काजकिस्तानको जायक भलिबल क्लबलाई हराएको छ।

माल्दिभ्समा चलिरहेको काभा पुरुष च्याम्पियन्सअन्तर्गत सोमबार भएको खेलमा हेल्प नेपालले काजकिस्तानको जायक क्लबलाई ३–२ को सेटमा हरायो।

हेल्प नेपालले पहिलो सेट २५–२२ मा जीत निकाल्यो।

त्यस्तै, चौथो सेटमा २५–१८ ले जीत निकाल्यो।

त्यसैगरी, पाँचौं सेटमा १५–११ ले जित्यो।

जायक क्लबले दोस्रो सेट २५–१८ जीत निकालेको थियो। ्

जायकले तेस्रो सेटमा २५–२३ ले जीत निकालेको थियो।

प्रतियोगितामा नेपाली लिग च्याम्पियन हेल्प नेपालको यो चौथो खेल हो।

हेल्प नेपालले पहिलो खेलमा घरेलु टोली धिवेही सिफाइन्स क्लबलाई ३–२ को सेटमा हराएको थियो।

त्यस्तै, दोस्रो खेलमा माल्दिभ्सकै क्लब एचडीसीलाई ३–१ को सेटमा हराएको थियो।

तेस्रो खेलमा भने हेल्प नेपाल किर्गिस्तानको क्लब बिस्केक क्लबसँग ३–२ को सेटमा पराजित भएको थियो।

सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) को आयोजनामा भइरहेको च्याम्पियन्स लिगमा काभाका सदस्य रहेका ५ देशका लिग च्याम्पियन क्लब र आयोजकको उपविजेतासमेत गरी ६ वटा टोली सहभागी छन्।

च्याम्पियन्स लिगको विजेताले सन् २०२६ को एसियन क्लब च्याम्पियनसीप खेल्न पाउनेछ।