७० र ८० बर्ष माथिका ज्येष्ठ नागरिक अब वरिष्ठ र अति वरिष्ठ

आफ्ना बुवाआमालाई सन्तानको कमाईको १० प्रतिशत छुट्याउनुपर्ने र सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइनुपर्ने

जनसम्मत
असार २३, २०७६, सोमबार

पोखरा । प्रतिनिधीसभा अन्तर्गत महिला तथा सामाजिक समितिको आइतबार बसेको बैठकले ज्येष्ठ नागरिकको परिभाषा सम्बन्धी प्रस्तावमा ७० वर्षमाथिका लाई वरिष्ठ र ८० वर्षमाथिकालाई अतिवरिष्ठ बनाउने प्रस्तावलाई अनुमोदन गरेको छ ।

यसअघि, बैठकमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ को पहिलो संशोधन माथी दफावार छलफल सुरु भएको थियो ।

बैठकमा छोरीका छोराछोरीलाई पनि परिवारकै सदस्यका रुपमा मानिने भनी राष्ट्रिय सभाबाट आएको प्रस्तावलाई समितिले स्वीकृत गरेको छ ।

सांसदहरु दिव्यमणी राजभण्डारी, उमा रेग्मी, लक्ष्मणलाल कर्ण, एकवाल मिया लगायतले आफ्ना बुवाआमालाई सन्तानको कमाईको १० प्रतिशत छुट्याउनुपर्ने, उनीहरुको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइनुपर्ने लगायतका विषयहरु विधेयकमा समेटिनुपर्नेे धारणा राखेका छन् ।