३ महिनामा १८ लाख ७६ हजार नेपाली टिकटक भिडियो हट्यो

२०२५ को पहिलो त्रैमासिकको ’कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट’ रिपोर्ट सार्वजनिक

जनसम्मत
श्रावण १५, २०८२, बिहीवार

टिकटकले ३ महिनामा १८ लाख ७६ हजार नेपाली टिकटक भिडियो हटाएको छ।

टिकटकले २०२५ को पहिलो त्रैमासिकको ’कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट’ रिपोर्ट सार्वजनिक गरेको हो।

प्रतिवेदनमा टिकटकले गत जनवरीदेखि मार्चसम्मका रिपोर्ट सार्वजनिक गरेको हो।

टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने सामग्रीहरू पहिचान गरी हटाएको हो।

कम्पनीका अनुसार, यसले प्रयोगकर्तालाई सुरक्षित र सकारात्मक अनुभव दिलाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

सन् २०२५ को पहिलो त्रैमासिकमा नेपालमा मात्र टिकटकले १८ लाख ७६ हजार ५६३ वटा भिडियोहरू हटाएको छ।

गाइडलाइन उल्लंघन गर्ने भिडियोहरू स्वचालित प्रविधिले हटाएको थियो।

विश्वव्यापी रूपमा, टिकटकले यो अवधिमा २११ मिलियन भिडियोहरू हटाएको छ।

जुन प्लेटफर्ममा अपलोड भएको कुल सामग्रीको करिब ०.९ प्रतिशत हो।

तीमध्ये १८ करोड ४३ लाख ७८ हजार ९८७ भिडियो अटोमेटेड डिटेक्सन प्रविधि प्रयोग गरेर हटाइएका थिए।

७५ लाख २५ हजार १८४ भिडियो थप समीक्षा गरेपछि पुन:स्थापित गरिएका थिए।

प्रतिवेदनअनुसार, हटाइएका भिडियोहरूको ३०.१ प्रतिशत सामग्री टिकटकको नीतिसँग मेल नखाने संवेदनशील वा वयस्क विषयवस्तु थिए।