
पोखराको शिशुवामा यस वर्षको कास्की जिल्लास्तरिय ऐतिहासिक ताया:मचा नाचको प्रतियोगिता हुँदैछ।
नेवार समुदायको मौलिक संस्कृतिमा आधारित ताया:मचा नाचको प्रतियोगिता यस पोखराको शिशुवामा गरिने भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिले जनाएको हो।
नेवा: खल कास्कीको आब्हानमा शिशुवाा नेवा:खलको आयोजनामा यही साउनको ३० गते पोखराको शिशुवामा ताया:मचा नाच प्रतियोगिता गरिने भएको मूल आयोजक समिति संयोजक अर्जुनकुमार ताम्राकारले बताए।
संयोजक ताम्राकारका अनुसार कास्कीको लामाचौरदेखि रुपास्थित नेवार समुदायको देउराली कचा: खलसहित करिब ३५ टिमको प्रतियोगितामा ताया:मचा नाचको प्रतिस्पर्धा हुनेछ।
महिला तथा पुरुष दुबैतर्फ ताया:मचा नाच प्रतियोगिता हुनेछ।
पुरुषतर्फ २७ र महिलातर्फ ८ टिमले प्रतिस्पर्धा गर्ने संयोजक ताम्राकारले बताए।
पुरुषतर्फको प्रतियोगितामा विजेताले नगद १ लाख, ११ हजार, १ सय ११ रुपैयाँ पुरस्कार जित्नेछ।
त्यस्तै, दोस्रोले नगद ७७ हजाार, ७ सय, ७७ रुपैयाँ पुरस्कार जित्नेछ।
तेस्रोेले नगद ५५ हजार, ५ सय, ५५ रुपैयाँ पुरस्कार पाउनेछ।
शान्त्वना पुरस्कार नगद २५ हजार, ५ सय, ५५ रुपैयाँ रहेको छ।
महिलातर्फको विजेताले नगद ४० हजार, दोस्रोले ३० हजार, तेस्रोले २५ हजार र शान्त्वनाले २० हजार रुपैयाँ पुरस्कार जित्नेछ।
नेवा: खल कास्कीका अध्यक्ष अशोक पालिखेले ताया:मचा नाच नेपालको एकमात्र ठाउँ कास्कीमा मात्रै प्रदर्शन हुने दाबी गरे।
‘ताया:मचा नाच नेवारी समुदायमा प्रचलित भएपनि हाल आएर सबै जातजातिहरुबीच लोकप्रिय भएको छ’, पालिखेले बताए।
पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका वडा नं १ का वडाध्यक्ष सहारा प्रधान र वडा नं ३० वडााध्यक्ष दुर्गाप्रसाद सुवेदीले ताया:मचा नाच प्रतियोगिताको सफलताको शुभकामना दिँदैं कार्यक्रमलाई वडाले सहयोग गर्ने प्रतिबद्धताा जनाए।