टप एन्ड टी–२० श्रृंखला: नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित

नर्दन टेरिटोरीले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेट गुमाएर १३५ रन मात्रै बनायो

जनसम्मत
श्रावण ३०, २०८२, शुक्रबार

टप एन्ड टी–२० श्रृंखलामा आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको छ।

अस्ट्रेलियाको डार्बिनमा नर्दन टेरिटोरीले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेट गुमाएर १३५ रन मात्रै बनाउन सक्यो।

नेपालका कुशल मल्लले सर्वाधिक ३४ रन बनाए।

गुल्शनकुमार झाले २६ रन जोडे।

कप्तान रोहितकुमार पौडेलले २३ थपे।

नर्दनका म्याट ह्यामन्डले ३ विकेट लिए।

केन रिचार्डसन र टम एन्ड्रयूजले समान २/२ विकेट लिए।

त्यसअघि, टस हारेर ब्याटिङ गरेको नर्दन टेरिटोरीले ८ विकेट गुमाएर १७७ रन बनाएको थियो।

नर्दनका डासी शर्टले सर्वाधिक ५१ रनसहित अर्धशतक बनाए।

यस्तै, टस एन्ड्रयूजले ३२ रन जोडे।

नेपालका सन्दिप लामिछानेले ३ विकेट लिए।

शाहब आलमले २ विकेट लिए।

रुपेशकुमार सिंह, दीपेन्द्रसिंह ऐरी र गुल्शनकुमार झाले समान १/१ विकेट लिए।

नेपालले प्रतियोगिताअन्तर्गत भोलि (शनिबार) बंगलादेश ‘ए’ सँग खेल्नेछ।

त्यसैगरी, नेपालले भदौ २ गते (सोमबार) मेलबर्न स्टार्ससँग खेल्नेछ।

त्यस्तै, नेपालले भदौ ३ गते (मंगलबार) होबर्ट हुरिकेन्ससँग खेल्नेछ।

भदौ ४ गते (बुधबार) मेलबर्न रेनेगाड्र्ससँग खेल्नेछ।

भदौ ६ गते पाकिस्तान साहिन्ससँग खेल्नेछ।

अस्ट्रेलियामा टप एन्ड टी–२० श्रृंखलापछि पनि नेपालले अन्य ३ अभ्यास खेल खेल्ने तालिका छ।

आइसीसी टी–२० विश्वकप छनोटका तयारीस्वरूप नेपालले यी २ प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेको हो।