एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना

९४ घटनामा ९६ पुरुष र १० महिला गरी १०६ जना पत्रकारहरु पीडित भएका छन्

जनसम्मत
श्रावण २७, २०८२, मंगलवार

आर्थिक वर्ष २०८१/०८२ मा देशभर प्रेस स्वतन्त्रता हननका ९४ घटनाहरु घटेका छन्।

प्रेस काउन्सिल नेपालले २०८१ असारदेखि २०८२ असार मसान्तसम्म गरेको अनुगमनबाट प्रेस स्वतन्त्रता हननका ९४ घटना घटेको मंगलबार विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो।

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालद्वारा जारी विज्ञप्तिमा सबैभन्दा बढी धम्की/दुव्र्यवहारका घटनाहरू ४१ रहेको उल्लेख छ।

आक्रमण तथा कुटपिटका घटना २२ घटनाहरु छन्।

पेसागत असुरक्षाका १३ घटनाहरु छन्।

कब्जा तथा अवरोधका ७ घटनाहरु छन्।

पक्राउ तथा पक्राउ प्रयासका घटना ७ घटनाहरु घटेका विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, नीतिगत बन्देजका २, पत्रकार हत्या १, जातीय विभेदका घटना १ रहेका छन्।

प्रदेशगत तथ्याङ्कअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ३८ घटना घटेको काउन्सिलले जनाएको छ।

मधेस प्रदेशमा २५, सुदूरपश्चिम र कोशीमा ८/८, कर्णालीमा ७, गण्डकीमा ४, लुम्बिनीमा ३ र देश बाहिर १ घटना भएको विज्ञप्तिमा उल्लेख छ।

लैङ्गिक आधारमा हेर्दा यो अवधिमा भएका घटनामा ९६ पुरुष र १० महिला गरी १०६ जना पत्रकार पीडित भएको प्रेस काउन्सिलले जनाएको छ।

घटना ९४ वटा भएको भएपनि एउटै घटनामा एक वा एकभन्दा बढी व्यक्ति पीडित भएको हुँदा समग्र पीडितको संख््या घटनासंख््या भन्दा बढी देखिएको बताइएको छ।

यस अवधिमा प्रेस स्वतन्त्रता दुरुपयोगका ९ घटना भएकोमा बागमती प्रदेशमा ४, मधेस प्रदेशमा ३ र कर्णालीमा २ घटना भएको पाइएको काउन्सिलले जनाएको छ।

काउन्सिलले पत्रकार आचारसंहिताका साथै प्रेस स्वतन्त्रताका सम्बन्धमा समेत नियमित अनुगमन गर्दै आएको छ।

हेरौं, तथ्यांकसहितको विज्ञप्ति