पत्रकार आरजु बिष्ट ‘सल्यानी’ लाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान

पुरस्कार राशि २५ हजार रुपैयाँ छ

जनसम्मत
भाद्र १४, २०८२, शनिबार

पत्रकार मोहनकुमार (आरजु) बिष्ट ‘सल्यानी’ लाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।

पोखरा उद्योग वाणिज्य संघको साधारण सभाको अवसरमा शनिबार संघले पत्रकार ‘सल्यानी’ लाई उक्त पुरस्कार प्रदान गरेको हो।

पोखरा उद्योग बाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार–२०७९ बाट पत्रकार मोहनकुमार (आरजु) विष्ट ‘सल्यानी’ सम्मानीत भएका हुन्।

समारोहमा प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण

कार्कीलगायतले उनलाई दोसल्ला ओढाएर नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय विष्ट सन् २००१ (२०५८ साल) देखि रेडियो अन्नपूर्णमा निरन्तर कार्यरत छन्।

हाल सफलन्यूज डटकमसहित विभिन्न संचारमाध्यमसँग आबद्ध उनी आर्थिक, पर्यटन, सामाजिक र साहित्यिक पत्रकारितामा क्रियाशील छन्।

२०७२ सालदेखि सुरु गरिएको यो पुरस्कार पोउवासंघले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको छ।

संघका पूर्व अध्यक्ष नारायण कोइरालाका अनुसार हालसम्म ५ जना पत्रकार यसबाट सम्मानीत भइसकेका छन्।