दसैँ–तिहारको बिदामा पनि अस्पतालहरु संचालनमा हुन्छन्

स्वास्थ्य मन्त्रालयको निर्देशन छ, ‘दसैँ–तिहार, छठ पर्वमा लामो बिदा हुने भएकाले बिरामीलाई लामो समय पर्खनुपर्ने अवस्था आउन नदिनू’

जनसम्मत
असाेज १०, २०८२, शुक्रबार

अब, दसैँ–तिहारको बिदामा पनि अस्पतालहरु संचालन हुनेछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैँ–तिहारको बिदामा पनि अस्पताल संचालन गर्न निर्देशन दिएको हो।

मन्त्रालयका सह–सचिव एवं प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै दसैँ–तिहारको बिदामा पनि अस्पतालको सेवा संचालन गर्न निर्देशन दिएका हुन्।

दसैँ–तिहार, छठ पर्वमा लामो बिदा हुने भएकाले बिरामीलाई लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन मन्त्रालयले यस्तो निर्देशन दिएको हो।

मन्त्रालयले उपलब्ध जनशक्ति र स्रोत साधनलाई व्यवस्थित तथा प्रभावकारी रुपले उपयोग गरी आ–आफ्नो स्वास्थ्य संस्थाबाट बिदाको दिनमा पनि नियमित सेवा र अत्यावश्यक सेवा इमर्जेन्सी, शल्यक्रिया सेवाहरु सदाझैँ यथावत् रुपमा संचालन गर्न, गराउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ।

हेरौं, स्वास्थ्य मन्त्रालयको विज्ञप्ति