समाचार संकलनका क्रममा घाइते ४ पत्रकारलाई प्रेस काउन्सिलको सहयोग

घाइते पत्रकारहरूले जेन जी (Zen Z) प्रदर्शनका समाचार संकलनका क्रममा आफूले भोगेका अनुभव सुनाए

जनसम्मत
असाेज २८, २०८२, मंगलवार

प्रेस काउन्सिल नेपालले जेन जी (Zen Z) प्रदर्शनका समाचार संकलनका क्रममा गोली लागेर घाइते भएका ४ जना पत्रकारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

मंगलबार आयोजित छलफलपछि काउन्सिलका सदस्य भीमलाल श्रेष्ठले कान्तिपुर टेलिभिजनका फोटोपत्रकार श्याम श्रेष्ठ, नयाँपत्रिका दैनिकका दिपेन्द्र ढुंगाना र नेपाल प्रेस डटकमका उमेश कार्कीलाई सहयोग रकमसहितको चेक हस्तान्तरण गरे।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा उनीहरूले जेन जी (Zen Z) प्रदर्शनका क्रममा समाचार संकलनका क्रममा आफूले भोगेका अनुभव सुनाए।

सोही प्रदर्शनका क्रममा गोली लागी घाइते भएका स्वतन्त्र पत्रकार शम्भु दंगाल भने अस्वस्थताका कारण उपस्थित हुन सकेनन्।

यसैबीच, काउन्सिलले समाचार संकलनका क्रममा चितवनमा दुर्घटनामा परी गंभीर घाइते भएका पत्रकार अनिल ढकाल र सुदन पौडेललाई पनि आर्थिक सहयोग प्रदान गर्‍यो।