
बाग्लुङमा कास्की, कुस्मा, बाग्लुङ र म्याग्दीका यातायात क्षेत्रमा कार्यरत व्यवसायी, चालक तथा सह-चालकका लागि अभिमुखीकरण तालिम प्रदान गरिएको छ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय तथा नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए) गण्डकी प्रदेशको संयुक्त आयोजनामा उनीहरुलाई विहीबार अभिमुखीकरण तालिम दिइएको हो।
एक समारोहबीच बाग्लुुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुुरुङले कार्यक्रमको उद्घाटन गरे।
प्रमुख जिल्ला अधिकारी गुुरुङले कार्यक्रममा बोल्दै पर्यटन क्षेत्रमा यातायात व्यवसायीको ठूलो भूमिका हुने बताए।
गुणस्तरीय सेवा पहिलो शर्त भएको प्रजिअ गुरुङले उल्लेख गरे।
यातायात सेवा दिइरहेका व्यवसायी एवं कर्मचारीको विदेशी पर्यटकसँग गर्ने व्यवहारले नेपालको पहिचान झल्काउने उनले उल्लेख गरे।
उनले राम्रो व्यवहारका माध्यमबाट देशको राम्रो छाप दिनेगरी लाग्नुुपर्ने आवश्यकता औंल्याए।
यातायात साधनहरू इम्बोष्ट नम्बरमा जाँदापनि पर्यटक यातायातको पहिचान झल्कनुुपर्नेमा उनले जोड दिए।
उनले यसतर्फ सबैको ध्यान पुुग्नुुपर्ने बताए।
एनटीभीए गण्डकी प्रदेशका अध्यक्ष दुर्गादत्त दाहालले एनटीभीए गण्डकीले यातायात क्षेत्रका व्यवसायी, चालक तथा सह–चालकलाई यसअघि पनि पोखरामा विभिन्न अभिमुखीकरणका कार्यक्रम गरेपनि यसपटक पोखराबाहिर बाग्लुुङमा आएर अभिमुखीकरण तालिम प्रदान गरिएको सुनाए।
गुणस्तरीय सेवाका लागि आफूहरू निरन्तर लागिरहेको दाहालले बताए।
उनले राज्यको पर्यटन यातायातमैत्री नीति हुनुपर्ने आवश्यकता औंल्याए।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका बरिष्ठ अधिकृत युवराज गुुरुङले पर्यटनको विकासले समुदायको जीवनस्तर समेत बढ्ने् बताए।
यस क्षेत्रको विकासका लागि सम्बद्ध सबैको एकतावद्ध प्रयास हुनुपर्ने आवश्यकता उनले औंल्याए।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन क्षेत्रको विकासमा यातायत क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए।
पर्यटन सम्बद्ध सबैको सामुहिक प्रयासमा यस क्षेत्रको विकास गर्न सकिने उनले बताए।
एनटीभीए गण्डकी प्रदेशका पूर्व अध्यक्ष एवं सल्लाहकार बोबरजंग गुुरुङले यातायात सम्बद्ध व्यवसायी र कर्मचारीले गर्ने व्यवहारले पर्यटनमा ठूलो प्रभाव पार्ने बताए।
त्यसतर्फ सबै सचेत हुनुपर्ने गुरुङले औंल्याए।
सेवाको गुणस्तर पहिलो सर्त भएको गुरुङको भनाई थियो।
उनले हाम्रा आचरण व्यवहार राम्रो हुनुपर्ने धारणा राखे।
एनटीभीए गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक रविप्रसाद आचार्यले यातायात सेवालाई प्रभावकारी बनाउनकै लागि यातायात सम्बद्ध व्यवसायी, चालक तथा सह-चाालकका लागि अभिमुखीकरण कार्यक्रम गरिएको बताए।
अभिमुखीकरणसँगै आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ पोखराबाट बाग्लुुङ, बुर्तिबाङ हुँदै ढोरपाटनसम्मको प्रवर्द्धनात्मक भ्रमण आयोजना गरिएको उनले जानकारी दिए।
अभिमुखीकरण कार्यक्रममा पर्यटन विज्ञ दीपेन्द्र पहारीले पर्यटन क्षेत्रमा आतिथ्यतालगायतका विषयमा प्रशिक्षण दिए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाग्लुङका प्रमुख मीनबहादुर कुँवरले ट्राफिक नियक एवं सुरक्षित यातायात संचालनलगायतका विषयमा प्रशिक्षण दिएका थिए।
एनटीभीए गण्डकी प्रदेशकमा अध्यक्ष दाहालको सभापतित्व एवं महासचिव विकास कंडेलले संचालन गरेको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक रविप्रसाद आचार्यले गरेका थिए।
कार्यक्रममा धौलागिरी-गण्डकी यातायात सेवा प्रा.लि.का अध्यक्ष उमेश केसी, उद्योग वाणिज्य संघ बाग्लुुङका अध्यक्ष राजन शाक्यलगायतले आ-आफ्ना धारणा राखेका थिए।