
दिनेशचन्द्र बाँस्तोला, मुद्रण उद्योग संघ कास्कीको अध्यक्षमा चुनिएका छन्।
पोखरा क्षेत्रमा संचालनमा रहेका मुद्रण उद्योगका संचालकहरुको संस्था संघको शनिबार सम्पन्न पाँचौ अधिबेशन एबं १४ औं साधारणसभाले अध्यक्षमा बाँस्तोलालाई निर्वाचित गरेको हो।
अध्यक्षमा निर्बाचित बाँस्तोला हाल पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष समेत हुन। उनी लामो समयदेखि मुद्रण ब्यबसायमा संलग्न छन।
जसको वरिष्ठ उपाध्यक्षमा रामप्रसाद भुर्तेल, प्रथम उपाध्यक्षमा प्रकाशराज पौडेल, द्वितीय उपाध्यक्षमा पदम श्रेष्ठ निर्बाचित भएका छन्।
यसैगरी, संघको महासचिवमा राजन कुमाल, सचिवमा अनन्त प्रधानाङ्ग, कोषाध्यक्षमा झंकनाथ अधिकारी (नारायण) र सह–कोषाध्यक्षमा मनोज बाँस्तोला सर्वसम्मत निर्वाचित भएका छन्।
यसैगरी, सदस्यहरुमा कृष्ण रञ्जित, सुमन श्रेष्ठ, नवीन श्रेष्ठ र रोजिना श्रेष्ठ निर्वाचित भएका छन्।